दफा ४५०
बन्धकीको सम्पत्तिमा हैरानी गर्न नहुने

बन्धकीको सम्पत्तिमा भोगाधिकार कायम भए पछि साहूले त्यस्तो सम्पत्ति उपयुक्त नभएको वा घटी बढी भएको भनी लिखत विपरीत हुने गरी असामीलाई हैरानी गर्न हँुदैन । तर भोग गर्नु पर्ने सम्पत्ति कुनै किसिमले भोग गर्न नपाएमा वा सो सम्पत्ति कुनै किसिमले कच्चा ठहरेमा बन्धकीको लिखत बमोजिम रकम भुक्तानीका लागि दाबी गर्न बाधा पर्ने छैन ।